skip this

प्रदेश सांसद श्रेष्ठले गरे सखुवाघाटको जनजागृतीको सटर र गेट उद्घाटन

906 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ सखुवाघाटस्थित श्री जनजागृती माध्यमिक विद्यालयको व्यवसायिक सटर उद्घाटन गरिएको छ ।

बारा क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य रबिन्द्र दास श्रेष्ठले सटरको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

उनको संसदिय क्षेत्र विकास कोषबाट विद्यालयमा गेट तथा तीन कोठाको सटर निर्माण गरिएको हो ।

निर्माण सम्पन्न भएको सटर र गेटको उद्घाटन गर्न सांसद श्रेष्ठ सोमबार विद्यालयमा पुगेका थिए ।

उद्घाटन कार्यक्रममा सो वडाका वडा अध्यक्ष हरिदेव खरेल, विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारी लगायतको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक ज्ञानबहालदुर रानाले जानकारी दिए । कार्यक्रममा सांसद श्रेष्ठलाई विद्यालयकोतर्फबाट सम्मान गरिएको थियो ।

nijgadh-supermart-adz1200-630