skip this

रविविरुद्ध उम्मेदवारी दिएकै दिन राहदानी दुरूपयोग मुद्दा सर्वोच्चमा दर्ता, सुनुवाई भोली

993 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सिन्धुलीका युवराज पौडैल सफलले आइतबार सर्वोच्चमा दायर गरेको रिट उनले उम्मेद्वारी दर्ता गरेकै दिन सोमबार सर्वोच्चमा दर्ता भएको हो ।सर्वोच्चले दर्ता भएको रिटको पेशी भोली मंगलबारका लागि तोकेको रिट निवेदक पौडेलले जानकारी दिएका छन् ।

रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरिएको छ। यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए। मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट हालेका थिए।रवि लामिछाने २०७० फागुन ९ मा अमेरिकी नागरिक भएका थिए। अमेरिकी राहदानी रहेका र अमेरिकी नागरिक हुँदा हुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिएका थिए।

nijgadh-supermart-adz1200-630