करेन्ट लागेर जुम्लामा एक मृत्यु, एक घाइते

285 shares

जुम्ला-जुम्लामा करेन्ट लागेर एक  जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका-५ श्रीनगर गाउँस्थित करेन्ट लागेर एक जना मुत्यु भएको हो । मुत्यु हुनेमा  १७ वर्षीय राजेश रावत रहेका छन् । सोही वाडाका २३ वर्षका शंखु चौलागाईं घाइते भएका  छन् ।

राउतलाई पोल गाड्ने क्रममा विजुलीको तारले छोएपछि करेन्ट लागेर मृत्यु भएको विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए । खवर नगरी पोड गाड्ने काम गर्दा करेन्ट लागेको बताइएको छ ।

त्यस्तै घाइते चौलागाईं  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरीका अनुसार  मृतकको शव पनि अस्पतालमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाएको  छ ।

त्यस्तै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले वडाको योजना अनुसार सडक उज्यालो विजुली सौर्य ऊर्जाको पोल गाड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताए ।