skip this

विकासका अधुरा काम पुरा गर्नु संसदमा मेरो प्रतिनिधित्व आवश्यक : उमाकान्त चौधरी

मेरो कार्यकालमा निजगढ विमानस्थल र फास्ट ट्रयाकले पूर्णता पाउँछ

2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार उमाकान्त चौधरीले आफ्नो कार्यकालमा सुरु भएका अधुरा विकासका योजनाको पूर्णताको लागि पुनः निर्वाचित हुनुपर्ने बताएका छन् ।

खानेपानी मन्त्री समेत रहेका चौधरी सत्तारुढ गठबन्धनबाट उम्मेदवार हुन् । उनी नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री समेत हुन् । चौथो पटकको जीतका लागि चुनावी मैदानमा रहेका मन्त्री चौधरीले राष्ट्रिय गौरबका आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ–काठमाण्डौं द्रुत मार्गको पूर्णताका लागि सांसदका रुपमा आफ्नो उपस्थिति जरुरी रहेको उल्लेख गरे ।

सिम्रौनगढ छोटी भन्सार, निजगढ वृहत सिचाई योजना, सिम्रौनगढ पर्यटन विकास मुख्य प्राथमिकतामा रहेको उल्लेख गरे । उनले सडक पूर्वाधार, स्वास्थ्य पूर्वाधारलाई पनि अघि बढाउने योजना आफुले बनाएको बताए ।

क्षेत्रमा विद्युतीकरण, सिचाई, नदी तटबन्धन, स्वास्थ्य संस्था, खानेपानी पूर्वाधार बनाउन गरेको योगदानलाई मतदाताले स्मरण गरेको उल्लेख गर्दै आगामी अधुरा योजनाका लागि पनि मतदाताले मत दिने विश्वास व्यक्त गरे ।

nijgadh-supermart-adz1200-630