skip this

काठमाडौंको तिलिङगेटारमा एक जना मृत फेला

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंको तिलिङगेटारमा एक जना युवक मृत फेला परेका छन् । शनिबार बिहान काठमाडौं महानगरपालिका(३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने कामदार मृत फेला परेका हुन् । मृत फेला पर्नेमा नुवाकोट मेघाङ गाउँपालिका–६ घर भएका २४ वर्षीय आशिष तामाङ रहेका छन् ।

उनी कोठाभित्र सुतिरहेकै अवस्थामा मृत फेला परेको प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विष्टले बताए ।प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनको शव पोष्टमर्टमको लागि टिचिङ लगिएको छ ।

nijgadh-supermart-adz1200-630