“एक घर, एक विरुवा” : वीरगंजमा निःशुल्क फलफुलका विरुवा वितरण हुने
वि.सं.२०८२ साउन १९ सोमवार १९:३९
927
shares

वीरगंज-जलवायु परिवर्तनको प्रभावलाई मध्य नजर राख्दै वातावरण सन्तुलन र हरियाली प्रवर्द्धनका लागि वीरगंज महानगरपालिकाले निःशुल्क फलफुलका विरुवा वितरण गर्ने भएको छ ।
महानगरपालिकाले “एक घर, एक विरुवा” अभियान अन्तर्गत महानगरबासीलाई आँप, लिची, अम्बा, कागती र अनारका विरुवाहरु वितरण गर्ने जनाएको छ ।

वितरण कार्यक्रम साउन २१ गते बिहान ७ बजेदेखि वीरगंज घण्टाघरमा हुने भएको छ ।
महानगरपालिकाले सम्पूर्ण महानगरबासीलाई तोकिएको स्थान र समयमा उपस्थित भई विरुवा लिन आग्रह गरेको छ ।
वि.सं.२०८२ साउन १९ सोमवार १९:३९
















