skip this

सवारी साधनको ठक्करबाट काभ्रेपलाञ्चोकमा एक जनाको मृत्यु

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ तामाघाट पुल नजिक आज बिहान सवारी साधनको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।मृतक अन्दाजी ३२ वर्षीया युवतीको सनाखत हुन बाँकी रहेको छ ।

आज बिहान ५ बजे नम्बर नखुलेको सवारी साधने ठक्कर दिदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।दुर्घटना पश्चात् सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी पाँचखालले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630