दाङमा वन मौरीले टोक्दा एक जनाको मृत्यु
वि.सं.२०७९ साउन २२ आइतवार ०९:१४
927
shares

काठमाडौं । दाङमा वन मौरीले टोक्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका–७ लैबरुवाका ३५ वर्षीय खिमबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
कुमाल शनिबार अपरान्ह ५ बजेको समयमा साथिहरुसँग घर नजिकैको जंगलमा वन मौरी (भिरे) को चाका काट्न गएका थिए।खमा मौरी काट्न चढेका बेला मौरीले टोकेर गम्भीर घाइते भएका खिमबहादुरलाई उपचारका लागि लमही अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
वि.सं.२०७९ साउन २२ आइतवार ०९:१४
















