सवारी दुर्घटनामा एक जनाको मृत्यु
वि.सं.२०७९ कात्तिक २७ आइतवार ०८:१९
852
shares

धादिङ। धादिङमा जीप दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।शनिबार राति सवा ८ बजे ज्वालामुखी गाउँपालिका-४ टारीमा ग १ ज ५५८० नम्बरको धानको पराल बोकेको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा स्थानीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए।उनका अनुसार जीप अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो ।
वि.सं.२०७९ कात्तिक २७ आइतवार ०८:१९

















