सत्ता गठबन्धनको सिट बाँडफाडँ : पर्साको प्रतिनिधिमा दुई क्षेत्र र प्रदेश सभाको क्षेत्रको भागबण्डा सकियो
कुन क्षेत्र कसको भागमा ?
वि.सं.२०७९ असोज २१ शुक्रवार २३:१२

काठमाण्डौं–सत्ता गठबन्धनबीच निर्वाचन क्षेत्र तालमेलमा सहमति कायम भएको छ ।
फरक नेपाललाई प्राप्त सूचीअनुसार जसपालाई छुट्टयाइएको क्षेत्र खाली राखिएको छ । केही सिटमा लोसपालाई दिने तयारी गरिएको छ ।
कांग्रेस, माओवादी र एकिकृत समाजवादीले छुट्टयाएको प्रतिनिधिसभा र प्रदेशसभा सिट यसरी छुट्टयाइएको छ ।
सहमति अनुसार पर्साको प्रतिनिधि सभा अन्तर्गत ४ वटा क्षेत्रमध्ये २ वटा कांग्रेस र दुई वटा क्षेत्र खाली राखिएको छ । जस अनुसार पर्सा २ र ४ कांग्रेसले पाएको छ भने १ र ३ खाली राखिएको छ ।
त्यसैगरि प्रदेश सभातर्फ ८ मध्ये ४ वटामा कांग्रेस र माओवादीले दुई–दुई वटा क्षेत्र बाडेरका छन् भने ४ वटा खाली राखेका छन् ।
सहमति अनुसार क्षेत्र नं. १ को क र क्षेत्र नं. ४ को ख माओवादीको भागमा परेको छ भने क्षेत्र नं. २ को ख र ४ को क कांग्रेसको भागमा परेको छ । १ को ख, २ को क र ३ को क र ख खाली राखिएको छ ।
वि.सं.२०७९ असोज २१ शुक्रवार २३:१२

















