skip this

ट्रकको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । गएराति भरतपुर महानगरपालिका–२९ जुगेडीमा परिचय नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।

nijgadh-supermart-adz1200-630