निजगढका जनप्रतिनिधिले भेटे भूमि समस्या समाधान आयोग बारा अध्यक्ष घले
वि.सं.२०८१ माघ ७ सोमवार २०:५२
1.18K
shares

बारा–बाराको निजगढका जनप्रतिनिधिले भूमि समस्या समाधान आयोग बाराका अध्यक्ष भरतबहादुर घलेसँग भेटघाट गरेका छन् ।
निजगढ नगरपालिकाका तीन जना वडा अध्यक्षले नव नियुक्त आयोग अध्यक्ष घलेसँग छलफल गरेका हुन् ।

समसामयिक बिषयमा छलफल भएको निजगढ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष गोकुल तिमल्सिनाले सामाजिक सञ्जालमा तस्विर सार्वजनिक गरेका छन् ।
भेटमा निजगढ ३ का अध्यक्ष तिमल्सिना, ७ का अध्यक्ष टेकबहादुर लामा र १० का अध्यक्ष आशाकाजी श्रेष्ठ सहभागि थिए ।
वि.सं.२०८१ माघ ७ सोमवार २०:५२
















