skip this farak Kura Pravakar

सुवर्णका कृषकहरुको सिंचाई विद्युत महशुल गाउँपालिकाले तिर्‍यो

738 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको सुवर्ण गाउँपालिकाका किसानको बक्यौता रहेको सिंचाई विद्युत महशुल गाउँपालिकाले तिरेको छ । पालिकाले किसानको सिंचाई विद्युत महशुल तिर्दै आएको छ ।

किसानको सिंचाई विद्युत महशुल वापतको रकम भुक्तानीको लागि गाउ“पालिका अध्यक्ष राजेशप्रसाद यादवले नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र प्रमुख ऋषिकुमार बरनवाललाई सोमबार चेक हस्तान्तरण गरेका छन् ।

कृषि मिटर महशुल बापतको आ.व.२०८०÷८१ मा १५ लाख ६८ हजार नौ सय एक रुपैया खर्च भएको छ ।

कृषकहरुले प्रयोग गर्ने कृषि मिटरको महशुलमा आ.व.२०८०÷८१ मा रकम १० लाख मात्र भूक्तानी भएको र बक्यौता रकम पाँच लाख ६८ हजार नौ सय एक रुपैयाको चेक हस्तान्तरण गरिएको हो ।

nijgadh-supermart-adz1200-630