skip this farak Kura Pravakar

कोल्हवी नगरपालिकाले यसवर्ष पनि निःशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने

आवेदन दिनेको संख्या घट्यो

693 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको कोल्हवी नगरपालिकाले यसवर्ष पनि निःशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाको पुष ८ गतेको निशुल्क शिक्षक सेवा आयोग तयारी सम्बन्धी सूचना बमोजिम वडा कार्यालय मार्फत आवेदन पेश गरेका ५४ जना आवेदकहरुलाई शिक्षक सेवा आयोग तयारी कक्षामा सहभागि गराउने भएको हो ।

शिक्षक सेवा आयोग तयारी कक्षामा सहभागी २०८१ माघ ९ गते (बुधबार) कोल्हवी नगरपालिकाको सभाहलको

बिहान ७ः०० बजे उपस्थित हुन प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलद्धारा जारी सूचनामा उल्लेख छ ।

गत आर्थिक वर्षमा नायव शुब्बा/सहायक पाँचौ र खरिदार/सहायक चौथोको कक्षा सञ्चालन भएको थियो ।

गत वर्ष निःशुल्क लोकसेवा तयारी कक्षाका ६७ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

लोकसेवा तयारी कक्षा निःशुल्क पढाउँदै कोल्हवी नगरपालिका

nijgadh-supermart-adz1200-630