skip this

जीतपुरसिमराका मेयर पौडेलको पोल्टिकल स्टेप : पार्टी प्रमुखलाई पत्रचारदेखि कार्यपालिका सदस्यलाई अपीलसम्म

2.53K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–लगातार दुई वैठकमा गणपूरक संख्या नपुगेर स्थगित हुदै आएको नगर सभाको तेस्रो बैठकको पूर्वसन्ध्यामा जीतपुरसिमराका मेयर राजन पौडेलको पोल्टिकल स्टेप चालेका छन् ।

असार १० गतेसम्म स्थानिय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थालाई आत्मसाथ गर्दै ६ असारमा पहिलो र ८ असारमा दोस्रो बैठक आह्वान गरिएको थियो भने १० असारमा तेस्रो बैठकको आह्वान गरिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले नगरसभा संचालन नियमावली २०७५ को दफा ५ को उपदफा (२) बमोजिम आवश्यक संख्या नपुगेको भन्दै बैठक स्थगित गरेका थिए ।

तेस्रो बैठकमा गणपूरक संख्या पु¥याउने दबाबमा रहेका मेयर पौडेलले आईतबार नगर पार्टी प्रमुखलाई पत्रचारदेखि कार्यपालिका सदस्यलाई वैठकमा उपस्थितिका लागि अपीलसमेत गरेका छन् ।

पार्टी प्रमुखलाई पत्रचार

मेयर पौडेलले ने.क.पा. (एमाले), नेपाली काँग्रेस, ने.क.पा. (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ने.क.पा. (एकिकृत समाजवादी) पार्टीका जीतपुरसिमरा उपमहानगरपालिका समिति/कमिटी प्रमुखलाई पत्रचार गरेका हुन् ।

पत्रमा उपमहानगरपालिकाको दशौ नगरसभाको पहिलो र दोस्रो बैठकमा ५० प्रतिशत भन्दा वढी सदस्य उपस्थित हुन नसकी बैठक स्थगित भएको कुरा जानकारी गराउँदै कार्यपालिका बैठकबाट सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी नगरसभामा पुग्दा समेत सभाका सदस्यहरु नगर सभामा उपस्थित नभएता पनि नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ बमोजिम समयमै नगर सभा सम्पन्न गर्नु पर्ने बाध्यात्मक अवस्थामा रहेको उल्लेख छ ।

नेपालको संविधान अनुसार स्थानीय तह (जीतपुरसिमरा उपमहानगरपालिका) को सबैभन्दा ठूलो संयन्त्र नगर सभा सम्पन्न गरी उपमहानगरपालिकाको चौतर्फी विकास गर्ने जिम्मा तपाई हामी राजनितिक दलको समेत भएकोले भन्दै पत्रमार्फत नगर सभाको बैठकमा आफ्नो पार्टी सम्वद्ध सम्पूर्ण नगर सभा सदस्यहरुलाई उपस्थित गराई समयमै नगर सभा सम्पन्न गर्ने वातावरण निर्माण गरिदिनु हुन अनुरोध गरेका छन् ।

पत्रको बोद्धार्थ पार्टी केन्द्रिय कार्यालयमा पठाईएको छ ।

सार्वजनिक अपिल

मेयर पौडेलले कार्यपालिका सदस्यलाई वैठकमा उपस्थितिका लागि सार्वजनिक अपील समेत गरेका छन् ।

अपिलमा भनिएको छ–उपमहानगरपालिकाको दशौ नगरसभाको पहिलो र दोस्रो बैठकमा ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित हुन नसकी बैठक स्थगित भएको कुरा जानकारी नै छ । कार्यपालिका बैठकवाट कानून बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी नगरसभामा पुग्दा समेत नगर सभा सदस्यहरु नगर सभामा उपस्थित नभएता पनि नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ बमोजिम समयमै नगर सभा सम्पन्न गर्नु पर्ने बाध्यात्मक अवस्थामा छौ ।

थप भनिएको छ–आफ्नो गाँउठाँउमा विकास निर्माणका कार्यहरु, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सेवाहरु, शिक्षकको तलव, विपद् व्यवस्थापन, औषधोपचार, आर्थिक सहायता जस्ता कार्यहरु गर्न समेत समयमै नगरसभा सम्पन्न गर्नु पर्ने हुन्छ । कसैको वाहकावमा लागेर नगर सभा सदस्यहरुले पूरा गर्नु पर्ने सबैभन्दा महत्वपूर्ण संवैधानिक कर्तव्य पूरा नहुँदा हामीहरुले संविधान र कानूनको अपहेलना गरेको हुन जान्छ ।

नेपालको संविधान अनुसार स्थानीय तह (जीतपुरसिमरा उपमहानगरपालिका) को सबैभन्दा ठूलो संयन्त्र नगर सभा सम्पन्न गरी उपमहानगरपालिकाको चौतर्फी विकास गर्ने जिम्मा तपाई हामी नगर सभा सदस्यहरुको जिम्मा भएकोले भोली मितिः २०८१-०३-१० गते प्राईम पार्टी प्यालेस (पूरानो शिव पार्वती हल) मा हुने नगर सभाको बैठकमा उपस्थित भई नगर सभा सम्पन्न गर्ने हाम्रो कर्तव्य पूरा गर्न हुन सम्पूर्ण नगर सभा सदस्यहरुलाई हार्दिक अपिल गर्दछु ।

 

nijgadh-supermart-adz1200-630