skip this

निजगढ नगरपालिकाको बजेट ९० करोड एक लाख

2.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– निजगढ नगरपालिकाले आ.ब. २०८१/०८२ को लागि कुल बार्षिक बजेट ९० करोड एक लाख बजेट प्रस्तुत गरेको छ ।

निजगढ नगरपालिकाको नगर सभाको चौधौं अधिवेशनको प्रथम बैठकमा सोमबार निजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिङ्ग ले बजेट प्रस्तुत गरेकी हुन् ।

त्यसैगरि निजगढको सभाहलमा भएको अधिवेशनमा निजगढ नगरपालिकाका प्रमुख तथा नगर सभाका अध्यक्ष सुरथ पुरीले आ.ब. २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

अधिवेशनमा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सचिव अजय बर्तौला, नगर सभाका सदस्यहरु, नगर कार्यपालिकाको कार्यालय, निजगढमा कार्यरत कर्मचारीहरु, संचारकर्मीहरु समेतको उपस्थिति रहेको थियो ।

बैठकले निजगढ नगरपालिकाको आगामी आ.ब. २०८१/०८२ को नीति तथा कार्यक्रम, निजगढ नगरपालिकाको विनियोजन विधेयक,२०८१, निजगढ नगरपालिकाको आर्थिक विधेयक, २०८१ प्रस्तावका रुपमा छलफल पश्चात् सर्वसम्मतिले पारीत गरेको छ ।

निजगढ नगरपालिकाका प्रमुख तथा नगर सभाका अध्यक्ष पुरीले नगर सभाको जारी चौधौं अधिवेशनको दोस्रो बैठक १७ असार विहान ११ बजे नगर कार्यपालिकाको कार्यालय, निजगढको सभाहलमा बस्ने गरी प्रथम बैठकको समापन गरेका छन् ।

nijgadh-supermart-adz1200-630