skip this farak Kura Pravakar

बारामा युवा संघ नेपालको मशाल जुलुस (फोटोफिचर)

2.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । सरकार विरुद्ध बाराको निजगढमा मूल्यवृद्वि र स्थानीयतहको निर्वाचनगर्न सरकारको आलटाल विरुद्व बाराको निजगढमा राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटिले मशाल जुलुस प्रदर्शन गरेको हो ।
युवा संघले मूल्य वृद्विफिर्ता र समयमै स्थानिय तहको निर्वाचन गर्न सरकारलाई दबाब दिँदै निजगढको शहीद चोकमा मशाल जुलुस प्रदर्शन गरेको हो ।
निजगढको लायन्स चोकबाट शुरु भएको जुलुशसरकार विरुद्ध नारा बाजी गर्दै शहिद चोक मशाल खोस्न थालेपछि प्रहरी र पुुग्दा प्रदर्शनकारी र प्रहरी बिच घम्साघम्सी भएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य तिलक घलान इराज कोईराला, भावना आचार्य, निजगढ नगर कमिटीका अध्यक्ष माधव न्यौपानेलगायतले सम्बोधन गरेको थिए । उनीहरुले सरकारले स्थानीय तहको निर्वाचन समयमै घोषणा नगरे कडा भन्दा कडा आन्दोल नगर्ने चेतावनी दिए ।
कार्यक्रममा राष्ट्रीय युवा सघं नेपाल नगर कमिटी पदाधिकारी एवम् सदस्यपार्टीका नेताहरु लगायतका उपस्थिति रहेको थियो ।
हेर्नुस् तस्वीरहरु :

nijgadh-supermart-adz1200-630