skip this yams_Max_Hospital.jpeg

एमालेका नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश

627 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सरकारले प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजी र अवरोधका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गरेको छ । नेकपा एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको विरोधमा बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।
तर एमालेको अवरोधका बीच सभामुखले गृहमन्त्री बालकृष्ण खाँडलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए । एमालेको अवरोधका कारण अघिल्ला दुईवटा बैठक सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेका थिए । तेस्रो बैठकको सुरुमा नै एमाले सांसदको अवरोध र नाराबाजी छल्दै गृहमन्त्री खाँड रोष्टममा पुगेर अध्यादेश पेश गरेका हुन् ।

nijgadh-supermart-adz1200-630