चुनावी तालमेल गर्ने–नगर्ने अधिकार स्थानीय कमिटीलाई भएको गगन थापाको भनाई
वि.सं.२०७९ वैशाख ३ शनिवार ११:२९
2.74K
shares

काठमाडौं । चुनावी तालमेल गर्ने–नगर्ने अधिकार स्थानीय कमिटीलाई भएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाई छ । आज बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको तल्लो कमिटी स्वतन्त्र रहेको बताउनु भएको छ ।
महामन्त्री थापाले पर्सामा तालमेल नगर्ने र गुल्मीमा तालमेल गर्ने निर्णय भएको उदाहरण दिंदै पार्टीको निर्णयबारे अलमलिनु नपर्ने बताउनु भएको छ । उहाँले गठबन्धनको केन्द्रीय संयन्त्रले स्थानीय तहमा आफ्नो अवस्था र आवश्यकता अनुसार तालमेल गर्न सक्ने निर्णय गरेको भन्दै यसको अधिकार तल्लो कमिटीलाई भएको बताउनु भएको छ ।
वि.सं.२०७९ वैशाख ३ शनिवार ११:२९

















