अदालतको फैसलापछि मात्र आधिकारिता टुङ्गो लाग्छ : पुर्व मन्त्री सोनल
वि.सं.२०७८ साउन २३ शनिवार ०९:५४
बारा (कलैया) : प्रदेश २ सरकारका पुर्व भौतिक पुर्वाधार मन्त्री जीतेन्द्र सोनलले सर्वोच्च अदालतमा अधिकारिताका लागि निवेदन दिएको अवस्था फैसला नआए सम्म टुगो नलाग्ने बताएका छन् ।
निर्वाचन आयोगबाट जनता समाज पार्टी नेपालको आधिकारिकता गुमाएका महन्थ ठाकुर समूहले बाराको कलैयामा जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला राखेको थियो ।
भेलामा नेता सोनलले सम्पूर्ण लोकतन्त्रवादी, पहिचानवादी, मधेसवादी शक्तिहरुलाई संगठित गरेर चुनावमा सहभागीताका लागि भेला गर्न लागिएको बताए ।
भेलालाई सम्बोधन गर्दै संघीय सरकारका पुर्व मन्त्री लक्ष्मणलाल कर्णले जसपा आधिकारिकताका लागि कानुनी लडाइँ चली रहेकोले कार्यकर्तालाई विचलित नहुन आग्रह गरेका थिए ।
कार्यक्रममा संघीय सांसद एकवाल मियाँ, जिल्ला समन्वय समितिका जिल्ला संयोजक नवलकिशोर सिह, नेता श्यामबाबु गुप्ता, परमहंस केसरी, महिला नेतृ पिन्की यादव लगायतको सहभागिता रहेको थियो ।
वि.सं.२०७८ साउन २३ शनिवार ०९:५४