प्रधानमन्त्री दाहालले बोलाए बालुवाटारमा सात दलको बैठक
वि.सं.२०८० असोज १४ आइतवार १०:१३
855
shares

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् सञ्चालनका विषयमा छलफल गर्नका लागि राजनीतिक दलका नेताहरूलाई छलफलमा बोलाएका छन् । उनले आज बिहान ११ बजे बालुवाटारमा राजनीतिक दलका नेताहरूलाई बोलाएका हुन् । सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताएको छ ।
सुन तस्करीको छानबिन गर्नका लागि आयोग बनाउने सहमति भएको तर त्यसको कार्यान्वयन नभएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री दाहालले संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका नेताहरूलाई प्रधानमन्त्रीले छलफलमा बोलाएका हुन् ।
वि.सं.२०८० असोज १४ आइतवार १०:१३
















