उपप्रधानमन्त्री, मन्त्री र सांसदसहितको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

वि.सं.२०८० कात्तिक १९ आइतवार १४:२६
522
shares

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा गएको छ । भूकम्प पीडितको उद्दार, राहत र उपचार अवस्था बुझ्न उपप्रधानमन्त्री श्रेष्ठसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्यहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले राहतका रूपमा एकहजार ५० स्लिपिङ ब्याग, दुईसय दुई त्रिपाल र एकसय ब्ल्याङ्केट समेत वितरण गर्नेछ ।
टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायत रहेका छन् ।a

वि.सं.२०८० कात्तिक १९ आइतवार १४:२६