भूकम्प पीडितका लागि एकीकृत समाजवादीले २५ लाख रूपैयाँ सहयोग गर्ने
वि.सं.२०८० कात्तिक २० सोमवार १६:२७
काठमाडौं । भूकम्प पीडितका लागि नेकपा -एकीकृत समाजवादी_ ले २५ लाख रूपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । आजको सचिवालय बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरी पीडितलाई सहयोग गर्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले भने, ‘कर्णाली प्रदेशका केही जिल्लाहरुमा भूकम्पले पुर्याएको गम्भीर क्षतिप्रति हाम्रो पार्टीले पनि केही सहयोग गर्नुपर्छ भनेर निर्णय गरेका छौं । पार्टीका कार्यकर्ताबाट आर्थिक संकलन गरी केन्द्रिय सरकारको प्राकृतिक प्रकोप तथा राहत उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको छ ।’
बैठकले राजनीतिक नियुक्ति लिएकाहरुले १५ दिनको पारिश्रमिक बराबरको रकम पार्टीको कोषमा जम्मा गर्ने पनि निर्णय गरेको उनले बताए । उनले भने, ‘यही प्रायोजनका लागि हाम्रा पार्टीका मन्त्रीहरु, संघीय सरकार र केन्द्रीय सरकारका मन्त्रीहरु सांसदहरु र जनप्रतिनिधिहरु र राजनीतिक नियुक्तिमा गएकाहरुले १५ दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय भएको छ ।’
वि.सं.२०८० कात्तिक २० सोमवार १६:२७