skip this

प्रचण्ड सरकारले हटायो भ्रष्टचारीलाई कारबाही गर्ने बुँदा, रास्वपाले समर्थन फिर्ता लिनसक्ने

690 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ न्यूनतम नीति तथा कार्यक्रमबाट हटाएको खुलासा भएको छ ।नेकपा (एमाले) सहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टचारलाई कारबाही गर्ने बुदाँ नेपाली कांग्रेस सरकारमा आए पछि हटाएको खुलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने सम्भावना बढेको छ ।

सो बारेमा निर्णय लिनका लागि रास्वपाले सोमवार केन्द्रिय तथा संसदीय दलको बैठक बोलाएको छ ।‘सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ ।

मतदाताले केही थान मान्छेलाई संसदमा पठाएको होइन । एजेन्डासहित पठाएको हो । अझ निर्मम हुनुपर्ने विषयलाई भएको कुरालाई पनि हटाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यसैले यसमा गम्भीर समीक्षा गरेर मात्र अगाडि बढ्छौँ,’ शुक्रवार सपथ पछि लामिछानेले भनेका थिए ।

यसैगरी, सोमबार बस्ने संसदीय दलको बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्दैछ, त्यसका लागि संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजिनामा दिईसकेका छन् ।

nijgadh-supermart-adz1200-630