जीतपुरसिमरा आएर प्रचण्डले भने-राजन र मेघालाई बहुमतले जिताउनुस्
वि.सं.२०७९ वैशाख २७ मंगलवार १९:३७

बारा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले साझा गठबन्धनले मात्र जीतपुरसिमरा उपमहानगरपालिकाको विकास गर्न सक्ने बताएका छन् ।
५ दलिय गठबन्धनको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा भएको बृहत चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले साझा गठबन्धन आजको आवश्यकता भएको बताए ।
जीतपुरसिमरा उपमहानगरपालिकाले सरल र ईमान्दार नेतृत्व पाउन लागेको भन्दै प्रचण्डले गठबन्धनका उम्मेदवारहरुलाई भारी मतले विजयी गराउन आग्रह गरे । ‘म अहिले धेरै कुरा गर्न चाहन्न, मात्र के भन्छु भने, जीतपुरसिमराले अब ईमान्दार सरल नेतृत्व पाउदैछ, त्यसकारण म तपाईहरुलाई भन्न चाहन्छु, साझा गठबन्धनका उम्मेदवार राजन पौडेल र मेघा शाहीलाई अत्याधिक मतले विजयी गराउनुहोस्’ उनले भने ।
जीतपुरसिमरा उपमहानगरपालिकाको विकासमा साझा गठबन्धनले कुनै कसर बाँकी नराख्ने भन्दै उनले बहुमतले विजयी गराउन आग्रह गरे ।
जीतपुरसिमरा सामाजिक एवं राजनीतिक रुपले ऐतिहासिक ठाउँभएको भन्दै उनले अब यहाँको विकासले ठुलो फड्को मार्ने बताए । उहाले ५ दलिय गठबन्धन देशको आवश्यक्ता भएको बताउनुभयो । साझा गठबन्धनले देशमा देखिएका सबै समस्याको हल गर्ने उनले बताए ।
वि.सं.२०७९ वैशाख २७ मंगलवार १९:३७

















