skip this

गठबन्धनका नेताहरुले एउटै स्वरमा भने- राजन र मेघा नै उपयुक्त

1.7K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । ५ दलिय गठबन्धनका नेताहरुले जीतपुरसिमरा उपमहानगरपालिकाको विकास साझा गठबन्धनबाट मात्र सम्भव रहेको बताए ।

वडा नम्बर ७ स्थित जीतपुरमा ५ दलिय गठबन्धनको आयोजनामा भएको बृहत चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका नेताहरुले उपमहानगरपालिकाको विकास र समृद्धीको निम्ति गठबन्धनका नेताहरुलाई विजयी गराउन आग्रह गरेका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गठबन्धनका उम्मेदवार राजन पौडेल र मेघा शाहीलाई विजयी गराउन आग्रह गरे ।

एमाले नेतृत्वको जीतपुरसिमरा उपमहानगर असफल भएको भन्दै उनले सबै एकजुट भएर गठबन्धनलाई विजयी गराउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सह–महामन्त्री फरमुल्लाह मंसुरले गठबन्धनको उपस्थिति देखेर एमाले डराएको बताए ।

एमाले नेतृत्वको उपमहानगर भ्रष्टाचारमा मात्र लिप्त भएको भन्दै उहाले अब विकास साझा गठबन्धनले मात्र गर्ने बताए ।

कार्यक्रममा बोल्दै साझा गठबन्धनको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिका नगर उपप्रमुखकी उम्मेदवार मेघा शाहीले गठबन्धन विजय नजिक रहेको बताए ।

साझा गठबन्धनको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार राजन पौडेलले समृद्धीको सपना पुरा गर्न साझा गठबन्धन गंभिर भएर लाग्ने बताए ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य धर्मानन्द उपाध्यायले सबै मिलेर गठबन्धनलाई जिताउनुपर्ने बताए ।

नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य सुन्दर बहादुर बिश्वकर्माले अबको विकास गठबन्धनबाट मात्र सम्भव रहेको बताए ।

नेकपा माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष प्रेम बरालले विकासको सवालमा गठबन्धनले कुनै कसर बाकी नराख्ने बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाली काग्रेस जीतपुरसिमराका प्रभावशाली नेता कृष्णब्रत सिंहले एमालेलाई गठबन्धनले धुलो चटाउने बताए ।

नेपाली काग्रेसका नगर सभापति छविलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य हरि चौलागाई लाल किरणले गरेका थिए ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष कृष्ण खनालले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

nijgadh-supermart-adz1200-630