प्रथम जीतपुरसिमरा महोत्सवको तयारी पुरा, मुख्यमन्त्री यादवले उद्घाटन गर्ने (भिडियोसहित)
विहान मर्निङ्ग पैदल यात्रा र कलश यात्रा हुने
वि.सं.२०८० फागुन १७ बिहीवार २१:१३
बारा– फागुन १८ देखि २९ गतेसम्म हुने प्रथम जीतपुरसिमरा महोत्सवको तयारी पुरा भएको छ ।
जीतपुरसिमरा–३ बजनीमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको शुक्रबार उद्घाटन हुदैँछ ।
महोत्सवको मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गर्ने तय भएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने चर्चा थियो ।
महोत्सव आयोजक समितिले विहीबार समारोह स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुल समारोह समितिका संयोजक मोहन शर्माले तयारी पुरा भएको जानकारी दिए ।
उद्घाटन समारोह अघि बिहान ७ बजे महोत्सव स्थल बजनीबाट नेपाली सेना नम्बर २८ बाहिनीको सहकार्य र पहलमा गढीमाई मन्दिर जीतपुर नजिक नेपाली सेनाको युनिफिकेसन पार्क एवम् प्रदशर्नी केन्द्रसम्म स्वास्थ्य टिम सहित मार्चपास, मर्निङ्ग पैदल यात्रा हुनेछ ।
त्यस्तै ११ः३० बजे शोभायात्रा शुरु जीतपुर चोकबाट र सिमरा चोकबाट विभिन्न संस्कृति झल्कने झाँकी सहित जनप्रतिनिधि र राजनैतिक दलका नेता कार्यकर्ता र बिभिन्न संघ सस्था र स्वास्थ्य र सरकारी तथा निजि विद्यालय र क्लव र फाउण्डेसन र स्थानिय उद्योगी, व्यावसायि सहभागि हुनेछन् ।
४ बजे देखि ८ बजे सम्म राष्ट्रिय तथा स्थानिय कलाकारहरुबाट साङ्गितिक प्रस्तुति सुरु हुने छ भने साँझ ८ः१५ बजे पहिलो दिनको कार्यक्रम समापन हुने छ ।
एक सय ५०९ वढी व्यवसायिक स्टल, मुखै रसाउने खाना स्टल, मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, औंद्योगिक, कृषि एवं अटो मोवाईल प्रदर्शनी, प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन २०८० र निशुल्क स्वास्थ्य शिविर महोत्सवको मुख्य विशेषता हो ।
डान्स च्याम्पियन २०८० को प्रथम हुनेले ३० हजार, द्धित्तियले १५ हजार, तृत्तिय १० हजार, चौथोले पाँच हजार नगद तथा ट्रफि र प्रमाण–पत्र पाउने छ ।
महोत्सवको प्रवद्र्धक मधेस प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय, संरक्षक/प्रवद्र्धक जीतपुरसिमरा उपमहानगरपालिका कार्यालय, अभिभावकीय भूमिकामा नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य महासंघ, मधेस प्रदेश रहेको छ भने प्रायोजक हुलास स्टिल, पतञ्जली, जाउलाखेल डिस्ट्रिलरी, बैकिङ्ग पार्टनर ग्लोबल आईएमी बैंक, नेपाल ईनभेष्टमेन्ट बैंक, ईन्सुरेन्स पार्टनर सगरमाथा लुम्बिनी ईन्सुरेन्स कम्पनी लिमिटेड, अटो पार्टनर टिभिएस र टिकट सौजन्य फिस्ट वाल्क सुज रहेको छ ।
वि.सं.२०८० फागुन १७ बिहीवार २१:१३