भुक्तानी नपाएपछि सडकमा उत्रिए दुग्ध किसान ! निजगढमा गरे दुई घण्टा सवारी अवरुद्ध
वि.सं.२०८० फागुन १७ बिहीवार १२:४५
2.29K
shares

बारा– भुक्तानी नपाएपछि देशभरका दुग्ध किसान सडकमा उत्रिएका छन् । देशभरका ७६ जिल्लामा एक सय ठाउँमा सडक अवरुद्ध गर्ने पूर्व घोषित विरोध कार्यक्रम अन्तगर्त बारामा किसान आन्दोलित भएका छन् ।
किसानले पूर्वपश्चिम राजमार्गको बाराको निजगढस्थित शहीद चोकमा भेला भएर सडकमै प्रदर्शन गरेका छन् । उनीहरुले दुई घण्टा सवारी अवरुद्ध गरेका हुन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ बाराको आयोजनामा भएको आन्दोलनमा जिल्लाभरका दुग्ध किसान र संस्थाका प्रतिनिधि सहभागि भएका थिए ।

कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सचिव थानेश्वर सापकोटा, निजगढस्थित विभिन्न पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।
वि.सं.२०८० फागुन १७ बिहीवार १२:४५
















