skip this farak Kura Pravakar

तमु ल्होसार पर्वका अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

867 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् अपेक्षा राखेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।

तमु ल्होसारको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपतिले बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वबाट सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको बताएकी छन् ।

तमु ल्होसारका दिन गुरुङ समुदायका महिला शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुष टोपी, भोटोमाथि भाङ्ग्रा, कछाड अनि पटुकी बाँधेर सजिन्छन् । यस अवसरमा घाटु, सोरठी, कौडाजस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गर्दछन् ।

nijgadh-supermart-adz1200-630