skip this

प्रहरीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपति भण्डारीले माफी माग्नुपर्छ –ज्ञानेन्द्र शाही

1.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने माग गरेका छन् ।

प्रमुख सचेतक शाहीले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले माफी माग्नुपर्ने बताएका हुन् ।उनले जारी गरेको विज्ञप्तिमा ‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गरिएको छ । उनले राष्ट्रपतले यो विषयमा चिकित्सकसँग माफी माग्न अनुरोध गरेका छन् ।

राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो । चिकित्सक सर्जरी सकेर फर्किंदै थिए । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीबाट चिकित्सकमाथि नै कुटपिट भएपछि चर्को विरोध भएको छ ।

nijgadh-supermart-adz1200-630