टर्कीमा गएको भूकम्पमा परी हालसम्म २२ हजार भन्दा बढीको मृत्यु
वि.सं.२०७९ माघ २८ शनिवार ०९:०६
681
shares

काठमाडौं। सोमबार टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेको छ ।
उद्धारकर्मीहरूका अनुसार टर्कीएमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् । सिरियाको सरकार नियन्त्रित क्षेत्रमा एक हजार तीन सय ४० जना हताहत भएका छन्भने विद्रोही पकड जमाएको भूभागमा दुई हजार ३७ जनाले ज्यान गुमाएका छन् ।
वि.सं.२०७९ माघ २८ शनिवार ०९:०६

















