skip this

वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने अध्यक्ष प्रचण्डको भनाई

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।आज अध्यक्ष प्रचण्डले स्वर्गीय नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यो चुनाव प्रणालीले गणतन्त्र पनि खतरामा पर्ने र यसले देशलाई नराम्रो भुमरीमा लाने उल्लेख गरेका छन् ।

अध्यक्ष प्रचण्डले गाउँपालिकामा १० करोड खर्च गरेर चुनाव जितियो भन्ने कुरा सुनिएको भन्दै यही प्रणालीमा संघको चुनाव जित्न अर्बौं रकम चाहिने स्थिति आएको बताएका छन् । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि यो निर्वाचन प्रणालीका कारण जनताले अनुभूति गर्न नपाएको अध्यक्ष प्रचण्डको भनाई छ । बताए । उनले गणतन्त्र पनि जनताको नभई बुज्रुवाको हुने हो कि भन्नेमा शंका रहेको जिकिर गरेका छन् ।

nijgadh-supermart-adz1200-630