राष्ट्रपति निर्वाचनः भोट माग्न एमाले नेताहरू एकीकृत समाजवादीको कार्यालयमा पुगे
वि.सं.२०७९ फागुन १८ बिहीवार १२:०३
903
shares

काठमाडौं । आज एमाले नेताहरू राष्ट्रपतिमा पार्टीका उम्मेदवारलाई भोट माग्दै नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा पुगेका छन् ।एमालेका नेताहरुले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको भेटमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको छ ।
राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुगेका हुन् ।यही फागुन २५ गते मतदान हुँदैछ । राष्ट्रपतिका लागि आठदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङ मैदानमा छन् ।
वि.सं.२०७९ फागुन १८ बिहीवार १२:०३

















