skip this farak Kura Pravakar

लेटाङमा भोलि बिहानदेखि निषेधाज्ञा हटाइने

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

विराटनगर । स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुव्र्यवहार गरेको विषयलाई लिएर तनावग्रस्त बनेको मोरङको लेटाङ नगरपालिकामा स्थिति सामान्य बन्दै गएपछि भोलि बिहान ६ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय भएको छ ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले नगरपालिकाको चौतर्फी अध्ययनपछि सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । तनावग्रस्त क्षेत्रमा आज बेलुका ६ बजेदेखि भोलि बिहानसम्मको निषेधाज्ञा भने कायम नै रहेको बताइएको छ ।

घटनामा प्रर्दशनकारी र सुरक्षाकर्मीसमेत घाइते भएकाले उक्त प्रवृत्तिको घटना दोहोरिन नदिन र जनधनको थप क्षति हुनबाट रोक्न अत्यावश्यक सेवाबाहेक मानिस आवतजावत, भेला गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम यही चैत ६ गते निषेधाज्ञा आदेश भएको थियो ।

हालको अवस्था सामान्य रहेको छ, तथापि सो क्षेत्रमा प्रहरी गस्ती र निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

nijgadh-supermart-adz1200-630