साफ यु–१८ः अग्रता जोगाउन नसक्दा नेपाल पराजित
वि.सं.२०७८ चैत ९ बुधवार २२:४१

भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । यो हारसँगै नेपाल प्रतियोगितामा जितविहीन बनेको छ ।
सुरूवाती अग्रता जोगाउन नसक्दा बुधबार जमसेदपुरस्थित जेआर्डी स्पोर्ट्स कम्प्लेक्समा नेपालले बंगलादेशसँग २–१ ले पराजय बेहोरेको हो ।
खेलको चौथो मिनेटमा अमिशा कार्कीको गोलमार्फत नेपालले सुरूवाती अग्रता लिएको थियो । ६८औं मिनेटमा कप्तान साम सुनाहारले गोल गर्दै बंगलादेशलाई १–१ को बारबरीमा ल्याइन् । ८४औं मिनेटमा साहदा अख्तर रिपाले गोल गर्दै बंगादेशलाई २–१ को रोमाञ्चक जित दिलाइन् ।
यसअघि नेपालले भारतसँग ७–० र ५–१ तथा बंगलादेशसँग ४–२ को पराजय बेहोरेको थियो ।
योसँगै चारै खेलमा पराजय बेहोरेको नेपालले अंकविहीन बन्दै अन्तिममा रहेर प्रतियोगिताको अन्त्य गर्दा जित निकालेको बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
वि.सं.२०७८ चैत ९ बुधवार २२:४१
















