skip this

निजगढमा खाल्डोमा डुबेर ५ वर्षीय यादबको मृत्यु

1.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । निजगढ नगरपालिका– ७ लिचीटोलमा जगलाल साहको घर छोउमा रहेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

कलैया उपमहानगर घर भई हाल लिचीटोलमै बस्दै आएका रामाकान्त यादबका छोरा ५ वर्षीय विवेक यादबको शव पोखरीमा भेटिएको ईलाका प्रहरी कार्यलय निजगढले जनाएकाे हाे  ।

आईतबार दिउसो करीब ३ बजेदेखि बालक हराएको भन्दै वरिपरि छिमेकी, साथीभाइसँग बुझ्दासमेत कतै फेला नपरेपछि मृतक बालकका साथिले खाल्डोमा रहेको जानकारी दिएसंगै खोजतलास गर्दा राति करिब ८ बजे खाल्डोमा बच्चा डुबेको अबस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

शवपरीक्षणका लागि कलैया स्थीत कलैया अस्पताल पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630