skip this

जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई जिल्लाबाट सफाइ, उच्च अदालतले तोक्यो यस्ताे सजाय

3.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । उच्च अदालत दिपायलले जिल्ला अदालतबाट सफाइ पाएका दुवै जना प्रतिवादीलाई कैद र जरिवाना तोकेको हो । जिल्ला अदालतले प्रमाण नपुगेको भन्दै सफाइ दिएका आरोपीलाई उच्च अदालतले कैद र जरिवानासहित फैसला गरेको हो ।

जिल्ला अदालत बझाङबाट सफाइ पाएका बझाङका राजु बोहोरालाई उच्च अदालत दिपायलले भने कैदसहित क्षतिपूर्ति समेत तिराएको छ ।

राजुकी पत्नी मधुली कुमारी जप्रेलले राजुविरुद्ध जिल्ला अदालत बझाङमा बहुविवाह मुद्दा दायर गरेकी थिइने । राजुलाई जिल्ला अदालत बझाङले एक वर्ष ६ महिना कैद र १५ हजार जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

तर, उच्च अदालतले भने उक्त फैसला उल्ट्याउँदै १२ वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको उच्च अदालत दिपायलका इजलास अधिकृत वसन्त पाध्यायले जानकारी दिए ।

उनका अनुसार बोहराले घरमा पत्नी हुँदाहुँदै दोस्रो विवाह गरेको हुँदा बहुविवाहको कानून अनुसार कारबाहीको माग गर्दै जाहेरी दिएकी थिइन् । अनुसन्धानका क्रममा घरमा श्रीमति हुँदा हुँदै प्रलोभनमा पारेर उनले अर्की महिलालाई जबर्जस्ती करणी गरेको खुल्न आएको थियो ।

तर, जिल्ला अदालत बझाङले उक्त आरोप पुष्टि नभएको भदै २०७७ असार १५ गते निर्णय सुनाउँदै सफाइ दिएको थियो ।

आइतबार उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र जगतबहादुर थापाको इजलासले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३) (घ) अनुसार १२ वर्ष कैद र सोही संहिताको दफा २२८ बमोजिम प्रतिवादीबाट पीडितलाई पाँच लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

nijgadh-supermart-adz1200-630