skip this

२४ लाख खोप ‘गायब’ प्रकरण : स्वास्थ्यमन्त्रीविरुद्ध युवा संघले अख्तियारमा उजुरी दिँदै

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा संघ नेपाललेअख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने भएको छ।

’गत माघ ४ गते संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनबाट खरिद गरेको २४ लाख खोप गायबको बताएका थिए ।

मन्त्री खतिवडाले २४ लाख डोज भ्याक्सिन गायब गरेको भन्दै संघले उजुरी दिन लागेको विज्ञप्तिमार्फत् जनाएको छ। संघले भोलि आयोगमा गएर उजुरी दिने जना्एकाे छ ।

कोरोना भाइरस रोग (कोभिड-१९) काे महामहारीका बेला सर्वसाधारणको पहुँचमा पुर्‍याउनुपर्ने खोप गायब गरेको भन्दै छानबिन मागसहित उजुरी गर्न लागेको संघका संयोजक किरण पौडेलले जानकारी दिएका छन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गायब भएको २४ लाख डोज खोपका विषयमा छानविन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयका पमुख विशेषज्ञ डा. गुणराज लोहनीको नेतृत्वमा ५ सदस्य समिति गठन भएको हाे ।

nijgadh-supermart-adz1200-630