skip this

ग्यास विस्फोटमा ज्यान गुमाएको परिवार र घाइतेलाई महानगरको ११ लाख सहयोग

762 shares
oil-nigam-amlekhgunj-adv.jpeg

ललितपुर । ललितपुर महानगरपालिकाले ग्यास विस्फोटमा ज्यान गुमाएकाको परिवार र घाइतेलाई ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
गत कात्तिकमा ललितपुरको नबहाल टोलमा भएको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा लक्ष्मी ताम्राकारसहित चार जनाको मृत्यु भएको थियो ।
महानगरले मृतकका परिवार र घाइतेलाई विपद व्यवस्थापन समितिमार्फतको एक लाखसहित ११ लाख रुपैयाँ अनार ताम्राकारलाई हस्तान्तरण गरिएको हो ।
नगरपालिका भवनमा सोमबार रकम हस्तान्तरण गरिएको हो ।

nijgadh-supermart-adz1200-630