skip this farak Kura Pravakar

ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

852 shares
oil-nigam-amlekhgunj-adv.jpeg

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
लु १ ख ९८३२ नम्बरको ट्रकले दिँदा ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाइकमा सवार दुई जनाको मृत्यु भएको हो ।
दुवैजनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । मृत्यु हुनेमा व्यास नगरपालिका-५ बस्ने अनिल बाचे मगर र विकास विक रहेका छन् ।
मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

nijgadh-supermart-adz1200-630