भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय
वि.सं.२०७८ माघ १८ मंगलवार १३:१२
1.81K
shares

काठमाण्डाै । भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।

वि.सं.२०७८ माघ १८ मंगलवार १३:१२

















