skip this

मधेश प्रदेश नेपालको ‘लाइफलाइन’ हो : महाप्रबन्धक राई

1.79K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ भएको बताउनुभएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरमा ‘राससका पत्रकारहरूको अभिमुखीकरण कार्यक्रम’लाई सोमबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मधेश प्रदेश नेपालको लाइफलाइन हो, यो महत्वपूर्ण क्षेत्रको विकास निर्माण एवं अन्य गतिविधि विवेकपूर्वक तवरले गरिनुपर्छ ।”

मधेस प्रदेश ठप्प भए सम्पूर्ण देश नै ठप्प हुने बताउँदै महाप्रबन्धक राईले नेपालको चौतर्फी समुचित विकास एवं समृद्धिका लागि मधेस प्रदेशको विकास एवं समृद्धि हुनु जरुरी रहेको बताउनुभयो । उहाँले मधेस प्रदेशको सरकारले चालेका ‘बेटी पढाऊ, बेटी बचाऊ’, ‘बेटी बीमा’, ‘महिलालाई ५० प्रतिशत आरक्षण’ लगायत कार्यक्रमको प्रशंसा गर्नुहुँदै यस्ता कार्यक्रमले प्रदेशको विकासमा टेवा पुग्ने तथा लैङ्गिक विभेदको अन्त्य हुँदै यस प्रदेशले निकट भविष्यमै हरेक क्षेत्रमा अतुलनीय फड्को मार्ने विश्वास व्यक्त गरे ।

उनले मधेस प्रदेशभित्रका आठवटै जिल्लाका राससकर्मीलाई मधेस प्रदेश सरकारको सकारात्मक कदमलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण सुझाव दिए ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा राष्ट्रिय समाचार समिति मधेस प्रदेशको समन्वयमा प्रदेशभित्रका आठवटै जिल्लाका राससकर्मीका लागि सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा आठवटै जिल्लाका करिब दुई दर्जन राससकर्मी सहभागी छन् ।

nijgadh-supermart-adz1200-630