skip this

आइतबारदेखि विद्यालय खोल्ने गोकर्णेश्वर नगरपालिकाको निर्णय

1.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आइतबारदेखि भौतिकरूपमै विद्यालय संचालन गर्ने निर्णय गरेको छ । नगरक्षेत्रका सामुदायिक एवं संस्थागत विद्यालयहरू स्वास्थ्य मापदण्ड पालना गर्दै माघ २३ देखि भौतिकरूपमै खोल्ने भएको हो ।

कोरोना संक्रमण जोखिमका कारण देखाउँदै स्थानीय प्रशासनले माघ मसान्तसम्म विद्यालय बन्द कायमै राख्ने निर्णय गरेको थियो । तर, पछिल्लो समय संक्रमण दर घट्न थालेपछि साथै अधिकांश विद्यार्थीले कोभिड-१९ विरुद्धको खोप पाइसकेकाले पनि स्वायत्त निकाय स्थानीय तहले एक कदम अघि बढेर विद्यालय खोल्ने निर्णय गर्न थालेका हुन् ।

नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीहरूको चाहना तथा मागअनुसार शिक्षा समितिको हिजोको बैठकले विद्यालय खोल्ने निर्णय गरेको शिक्षा, युवा तथा खेलुकद शाखा का उपसचिव विजयप्रसाद आचार्यले बताए ।

nijgadh-supermart-adz1200-630