काठमाडौंमा युटुवरमाथि कुटपिट गर्ने म्यानपावर सञ्चालक भीम गुरुङ ठगी आरोपमा पक्राउ
वि.सं.२०७८ माघ २० बिहीवार १६:४१
759
shares

काठमाडौं । युटुवर र अभियन्तामाथि कार्यालयभित्रै कुटपिट गर्ने काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चचालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले विहीबार गुरुङलाई पक्राउ गरेको हो ।
यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो ।
हालै उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडिओ खिच्न गएका सञ्चारकर्मीमाथि पनि आक्रमण भएको थियो ।
https://www.facebook.com/ganeshbk1996/videos/1107506843334767
वि.सं.२०७८ माघ २० बिहीवार १६:४१

















