skip this

७९८ एम्पुल लागू औषधसहित मकवानपुरबाट एक महिला पक्राउ

966 shares
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौंडा । मकवानपुर प्रहरीले ७९८ एम्पुल लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बकैया गाउँपालिका-४ छतिवन घर भई हेटौंडा उपमहानगरपालका-११ बस्तीपुरमा डेरा गरी बस्‍दै आएका २९ वर्षीया नानीमाया खत्री रहेका छन् ।
प्रहरीले उनको कोठाबाट लागू औषध २८० एम्पुल डाइजेपाम, २६८ एम्पुल फेनार्गन र २५० एम्पुल नुफिन गरी ७९८ एम्पुल लागू औषध बरामद गरेको छ ।
पक्राउ परका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

 

 

nijgadh-supermart-adz1200-630