skip this

किर्ते अभियाेगमा कांग्रेसका केन्द्रीय सदस्य मान बहादुरका भाई निराजन पक्राउ

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा एक एनजिओ पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको ज्वागलमा कार्यालय रहेको मानव अधिकार सञ्चार प्रतिष्ठानमा कार्यरत अधिकृत निराजन नेपाली रहेका छन् । नेपालीलाई ललितपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेकाे हाे।

नेपालीले आफू कार्यरत संस्थाको छाप र लेटरप्याड समेत दुरुपयोग गरि नागरिक लगानी कोषमा रहेको उपदान खाताबाट ७४ हजार रुपैयाँ निकालेको पाइएपछि संस्थाले नै उनी विरुद्ध उजुरी दिएको हो ।

उनको टेबलको घर्राबाट प्रहरीले आफ्नै फोटो टाँस गरि जिल्ला अस्पताल रुकुमबाट जारी भएको राजन थापाको परिचय पत्र समेत फेला पारेको थियो । त्यस्तै आफ्नै फोटो टाँसी प्रेम जग शाहीको नामको नेपाली नागरिकता, विभिन्न सरकारी कार्यालयको रबर छापसहि तगत माघ ९ गते पक्राउ गरि म्याद थप गरिकाे छ।

प्रहरीका अनुसार उनको कोठाबाट राष्ट्रिय मानव अधिकार आयोग हरिहर भवनबाट जारी भएको राजन थापाको नामको परिचय पत्र, कानुनी शासन परियोजना भनि उल्लेख भएको रवर छाप, जनसेवा बहुउद्देश्यीय सहकारी संस्था जाजरकोट लेखिएको रबर छाप, नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुकुम लेखिएको रबर छाप, नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति रुकुम लेखिएको छाप, मानव अधिकार आयोग लेखिएको छाप, राष्ट्रिय दलित आयोगको छाप र जिल्ला अस्पताल रुकुम लेखिएको छाप बरामद भएको थियो ।

अनुसन्धानमा समलग्न महानगरिय प्रहरी परिसर ललितपुरका अधिकारीहरुले उनमाथिको छानबीन प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मान बहादुर नेपालीका भाई हुन् । मान बहादुर नेपाली यसअघि राष्ट्रिय दलित आयोगको अध्यक्ष समेत थिए । उनी अध्यक्ष पदमा रहँदा भाईलाई समेत आयोगमा नियुक्ती दिलाएका थिए ।

सरकार वकिल कार्यालयले उनलाई ७ वर्ष कैद र ७० हजार जरिवाना माग गर्दै अदालतमा अभियोग दाबी गरेको छ ।

nijgadh-supermart-adz1200-630