skip this farak Kura Pravakar

‘जमिन दिलाईदिन्छु’ भन्दै ठग्ने २ जना पक्राउ

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं ।  सुकुम्बासीलाई ‘जग्गा दिलाउँछौँ’ भनेर काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित होटलमा फारम भरेर पैसा लिँदै गरेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा घर भएका ३८ वर्षीय होमनारायण चौधरी र काठमाडौंको बुढानिलकण्ठ घर भएका ४४ वर्षीय उद्धव भण्डारी छन् ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ‘भूमि आयोगको कर्मचारी हौं’ भनेर उनीहरुले फारम भरेर आयोगमा बुझाएपछि लालपुर्जा पाइन्छ भन्दै ५० हजारको दरले रकम संकलन गरेका थिए ।

अहिलेसम्म उनीहरुले दुई जनाबाट जनही ५० हजार ठगेको अनुसन्धानबाट थाहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।

nijgadh-supermart-adz1200-630