skip this

एमसिसी विरुद्ध अर्घाखाँचीमा विप्लब नेतृत्वको नेकपासहित तीन दलको विरोध प्रर्दशन

1.5K shares
oil-nigam-amlekhgunj-adv.jpeg

अनिल नेपाली, अर्घाखाँची । एमसीसी सम्झौता लगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा संयुक्त रूपमा आन्दोलन गर्दै आएका नेकपासहित ३ दल र दुई मोर्चाले आज अघांखाँचीको सन्धिखर्कमा कोणसभा सम्पन्न गरेका छन् ।

सन्धिखर्कमा आज बुधवार विप्लब नेतृत्वकोे नेपाल कम्युनिस्ट पार्टी नेकपा मसाल, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दलहरुको एमसिसीविरुद्ध संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

देशभरी चर्चा चलिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी बिकास परियोजनाको बारेमा विरोध प्रर्दशन गदै अर्घाखाँचीको जिल्लाको भक्तिटोला चोकबाट विभिन्न नारा लगाउदै बजार परिक्रममा गरेर शान्तिबर्गैचामा आएर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गदै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सचिवालय सदस्य शेर बहादुर बि.सी. ले देशको आन्तरिक ब्यबस्थामा खलल पुर्याउने , नेपालीहरुको स्वतन्त्र अस्मितामाथी खेल्वाड गर्ने किसिमका कुनै पनि सन्धी सम्झौता लागू गर्न नहुने बताए ।

परियोजनाको राष्ट्रिय जनमोर्चाले शुरु देखिनै बिरोध गर्दै आएको स्पष्ट पार्दै बिसीले नेपालको आफ्नो संविधान र राष्ट्रिय स्वतन्त्रता भन्दा कुनै पनि सन्धी सम्झौता ठूलो नहुने दावी गरे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्ति मगरले बर्तमान गठबन्धन सरकारले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने प्रयास गरेर नेपालको राष्ट्रिय स्वाधीनता माथि निर्मम प्रहार र दुस्साहस गरेकाले प्रत्येक नेपाली यसको विरोध गनुपर्ने बताउदै नेपालको सबिधान र आफ्ना नागरिक भन्दा एमसिसि माथि हुन नसक्ने बताउदै यसको प्रत्येक नेपालीले विरोध गनुपर्ने बताए ।

बिरोध कार्यक्रममा नेकपा मसालका जिल्ला प्रवक्ता पशुपती ढकाल, नेकपा क्रान्तिकारी माओबादीका जिल्ला सेक्रेटरी टकमान राउत ज्वाला देशभक्त गणतन्त्र पार्टी अर्घाखाँचीका प्रतिनिधि अशोक खनाल लगायतले मन्तब्य राख्दै एमसिसी सम्झौताको खुलेर सबैले विरोध गनुपर्ने बताए । कार्यक्रमको सञ्चालन नेकपा नेता नविन खड्काले गरेका थिए ।

nijgadh-supermart-adz1200-630