skip this yams_Max_Hospital.jpeg

बारा समाज जापानको पहिलो काम : मृत्युसंग लडिरहेकालाई आर्थिक सहयोग

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बारा समाज जापानले बाराका दुई जना विरामीलाई आर्थिक सहयोग गरेको छ । स्थापनाको छोटो समयमा नै समाजले मृत्युसंग लडिरहेकालाई उपचारका लागि आर्थिक सहयोग गरेको हो ।
सेवा नै धर्म हो , हाम्रो प्रतिद्धता सकेसम्म हरेक नेपालीको दुःख सुखमा एक साथी, अभिभावक भएर साथ भन्ने नारासहित बारा समाज जापानको कार्यसमितिबाट संकलित रकमबाट ४० हजार आर्थिक सहयोग गरेको हो ।
समाजले मोटर साइकल दुर्घटनामा परेर चितवनमा उपचार जीतपुरसिमरा १२ शान्तिटोलका युवा युवराज गौतमलाई २० हजार र क्यान्सर पीडित बालिका सलिना ढकालको उपचारका लागि २० हजार सहयोग गरिएको समाजका अध्यक्ष अनिल गिरीले जानकारी दिए ।
सहयोग रकम पीडितका परिवारलाई एक कार्यक्रमका विच समाजका कोषाध्यक्ष मनोज अधिकारीले हस्तान्तरण गरेका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका १४ का समाजसेवी राजुप्रसाद अधिकारी, पत्रकार विदुर खड्का लगायको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630