महालेखा प्रतिवेदन : बारागढी गाउँपालिका सबैभन्दा अब्बल, कुनको कति प्रतिशत बेरुजु (सूचिसहित)
वि.सं.२०७८ भदौ ६ आइतवार २२:३२
बारा : जिल्लाभरका १६ स्थानीयतहमध्ये बारागढी गाउँपालिकाको बेरुजु सबै भन्दा कम देखिएको छ । महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बारागढीको बेरुजु सबै भन्दा कम देखिएको हो ।
बारागढीको बेरुजु १.९७ प्रतिशत मात्रै छ । सुशासनमा जिल्लामै उत्कृष्ठ भएपछि गाउँपालिकाले अफिसियल फेसबुकमार्फत खुसी व्यक्त गर्दै बधाई दिईएको छ ।
बारामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौं वटा गाउँपालिका रहेका छन् । उपमहानगरपालिकातर्फ कलैयाको बेरुजु कम देखिएको छ । नगरपालिकातर्फ सबैभन्दा कम सिम्रौनगढ र गाउँपालिकातर्फ जिल्लामै कम बारागढीको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरि बढी बेरुजु उपमहानगरतर्फ जीतपुरसिमरा, नगरपालिकातर्फ कोल्हवी र गाउँपालिकातर्फ करैयामाईको देखिएको छ ।
स्थानीय तहमध्ये कोल्हवी नगरपालिकाको बेरुजु सबैभन्द बढी छ । कोल्हवीको ११.६४ प्रतिशत बेरुजु देखिएको छ । कोल्हवीपछि करैयामाई गाउँपालिकामा धेरै बेरुजु रहेको छ । करैयामाईको १०.८२ प्रतिशत बेरुजु देखिएको छ । उता प्रसौनीको १०.४८ प्रतिशत, निजगढको ९.६८ प्रतिशत, देवताल गाउँपालिकाको ९.२१, विश्रामपुरको ९.०२ प्रतिशत रहेको छ । त्यस्तै जीतपुरसिमराको ८.१७, सुवर्ण गाउँपालिकाको ७.५१ प्रतिशत, पचरौता नगरापालिका ६ प्रतिशत, महागढीमाई नगरपालिकाको ५.९७ प्रतिशत, कलैया उपमहानगरपालिकाको ४.८० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सिम्रौनगढ नगरपालिकाको ३.७५ प्रतिशत, परवानीपुर गाउँपालिकाको ३.७४ प्रतिशत, फेटा गाउँपालिका ३.४८ प्रतिशत, आदर्शकोतवालको ३.१४ प्रतिशत,
बढी बेरुजु देखिएका बाराका स्थानीय तहहरु :
उपमहानगरतर्फ :
जीतपुरसिमरा
कलैया
नगरपालिकातर्फ :
कोल्हवी
निजगढ
पचरौता
महागढीमाई
सिम्रौनगढ
गाँउपालिकातर्फ:
करैयामाई
प्रसौनी
देवताल
विश्रामपुर
सुवर्ण
परवानीपुर
फेटा
आदर्शकोतवाल
बारागढी
हेर्नुुस् महालेखा प्रतिवेदन
वि.सं.२०७८ भदौ ६ आइतवार २२:३२